पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखरा-३, तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन्।
गठबन्धनबारे असन्तुष्ट कार्यकर्ताले बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेका हुन्। पार्टी कार्यालय तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
उनले क्षतिको विवरण आउन बाँकी रहेको बताए। उनले तोडफोडमा कति जना संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए। पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको छ। उक्त २ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो।
दिउँसो पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजानिक गर्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए। वडा तहमा भागबन्डा नमिलेको भन्दै उनीहरूले नाराबाजीसहित अवरोध गरेका हुन्। संयुक्त घोषणपत्र सार्वजानिक कार्यक्रमपछि पार्टी कार्यालयमा छलफल गरिएको थियो।
पोखरा महानगरको मेयर नेकपा एरू मत्थर भएका थिए। पार्टी केन्द्रबाटै गठबन्धन मिलेर जाने निर्देशन भएपछि पुन: गठबन्धनको बैठकले केही वडा माओवादी र समाजवादीलाई पनि दिने सहमति भएको थियो। उक्त विषयमा कांग्रेस कार्यकर्ता असन्तुष्टि बनेका हुन्।
प्रतिक्रिया