Developed By Kuldeep Sharma

April 16, 2024

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा। आज गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना प्रकाशित गर्दै चैत शुक्ल अष्टमी ९चैते दशैं० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको जनाएको हो।

मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ। मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma