काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ।
पालुङटार नगर प्रमुखमा एमालेले जसपालाई सहयोग गर्ने र उपप्रमुखमा जसपाले एमालेलाई सहयोग गर्नेगरी तालमेल भएको हो।
‘स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भयो‚’ बुधबार जसपा र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
सोही नगरपालिकाको वडा तहमा तथा जिल्ला अन्य पालिकामा पनि एकले अर्कोलाई सहयोग गर्ने सहमति भइको छ।
प्रतिक्रिया