Developed By Kuldeep Sharma

April 23, 2022

निर्वाचन आयोगको निर्देशन पश्चात बाँडिएन चन्द्रागिरिमा साडी 

काठमाडौं

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै चन्द्रागिरि वडा नम्बर ८ ले शनिबार महिलाहरूलाई साडी बाँड्ने कार्यक्रमको आयोजना गरेको थियो।

निर्वाचन आयोगको निर्देशनपछि चन्द्रागिरि  वडा नम्बर ८ आयोजनामा गरेको साडी बाँड्ने कार्यक्रम रोकिएको छ।

आयोगका सहसचिव यज्ञ भट्टराईले वडाध्यक्ष खड्कालाई फोन गरेर मौखिक निर्देशन दिएको बताए।‘हामीले मौखिक निर्देशन दिइसकेका छौं। सम्बन्धित वडाध्यक्षलाई फोन गरेर तुरून्त स्थगित गर्न भनेर कडा रूपमा मौखिक निर्देशन भएको हो,’ उनले भने, ‘लिखित पत्र प्रमाणसहित राखेर पठाउँछौं।’तर वडाले पुनस् अर्को सूचना जारी गर्दै त्यस सूचनाको खण्डन गरेको छ। त्यस सूचनामा साडी वितरण गर्ने आयोजना नगरिएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma