Developed By Kuldeep Sharma

साउन २२, २०७९

हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई, झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीहरूले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma