Developed By Kuldeep Sharma

August 7, 2022

रूकुम पश्चिममा अरिंगालले टोकेर एक युवाको मृत्यु

काठमाडौं। रूकुम पश्चिममा अरिंगालले टोकेर एक युवाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका-१ का ४० वर्षीय सुवर्ण विकको आइतबार थप उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

गाउँपालिका अध्यक्ष गणेश केसी झुल्नेटास्थित एक निजी स्वास्थ्य क्लिनिकमा उपचार नभएपछि थप उपचारका लागि आइतबार नेपालगञ्जजतर्फ लैजाने क्रममा सल्यानको श्रीनगरमा उनको मृत्यु भएको जानकारी दिए।

छिमेकी जिल्ला सल्यानमा अरिंगाल पोल्न गएका बिकलाई तीन दिन अगाडि अरिंगालले टोकेर घाइते भएका थिए। अरिंगाल पोलेर भगाई त्यसका बच्चाको तरकारी वा अचार खाने चलन पहाडी भूभागमा छ।

बिक पनि साथीसँग त्यहीँ उद्धेश्यका साथ तीन दिन अगाडि अरिंगालको गोला पोल्न गएका थिए। आगो झोसेपछि अरिंगाल खनिएर उनीलाई टोकेको र त्यसपछि उपचारका लागि स्थानीय मेडिलकमा भर्ना भएको अध्यक्ष केसीले जानकारी दिए।

बिक त्रिवेणी गाउँपालिकामा कर संकलकका रूपमा कार्यरत थिए। गाउँपालिकाले रूकुम र सल्यानको सीमाना खौलामा उनलाई कर संकलकका रूपमा खटाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma