काठमाडौं। कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्।कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत र विपक्षमा एक मत परेको छ।
पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, समाजवादी एवं स्वतन्त्र सांसदले मत दिए भने विपक्षमा राप्रपाले मत दिएको छ।मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन्।
४० मध्ये राप्रपाका एक सांसद र सभामुखबाहेक एमालेका ९, कांग्रेसका १४, समाजवादीका १ र स्वतन्त्र १ जनाले मत दिएका छन्।
माओवादीका १३ सांसद हुन्।
प्रतिक्रिया