Developed By Kuldeep Sharma

June 12, 2022

कांग्रेसले मुगु जिससमा माओवादी र समाजवादीलाई पनि भाग दियो

काठमाडौं। मुगु जिल्ला समन्वय समितिमा एकल बहुमत पुग्ने भए पनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि समावेश गरेको छ। काग्रेसले प्रमुख, उपप्रमुख र ५ सदस्य लिएको छ। यस्तै माओवादी र एकीकृत समाजवादीले एक-एक सदस्य पाएका छन्।

चार स्थानीय तह रहेको मुगुमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच जितेर जिससमा एकल बहुमत बनाएको थियो। एकल बहुमत भए पनि तीन दलीय गठबन्धनलाई कायम राख्न माओवादी र एकीकृत समाजवदीलाई एक-एक सदस्य दिएको कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले बताए।

जसअनुसार कांग्रेसबाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन्। यस्तै कांग्रेसबाट एक खुल्ला सदस्य, एक दलित अल्पसख्यक सदस्य र तीन महिला सदस्य गरि पाँच जना निर्विरोध निर्बाचित भएका छ्न्। जसअनुसार झमुरा रावल, पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव बिक सदस्य बनेका छन्।

नेकपा माओवादीबाट कर्णप्रसाद माठागाइ संज्याल र नेकपा एकीकृत समाजवादीबाट दान बहादुर रावल सदस्यमा निर्विरोध भएका छन्। एउटा उपप्रमुख मात्र जितेको नेकपा एमालेबाट जिससका उम्मेदवारको प्रस्तावक र समर्थक नै भएनन्। त्यसलै उसले उम्मेदवारी दिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma