Developed By Kuldeep Sharma

July 14, 2022

युवती मृत्यु प्रकरण : हत्या आरोपमा पूर्व प्रेमी पक्राउ

बुटवल। बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन्।

गत शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन्। सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो।

शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिबार बिहान बिल तिरेर निस्केका थिए। गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन्। प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए।

बुटवलमा घर भए पनि एसइई पछि स्टाफ नर्सका पढ्ने तयारीको लागि काठमाडौं बस्ने समीक्षा असार २३ गते बुटवल आइएकी थिइन्। बुटवलको अमर पथमा पसल गर्ने असीम श्रेष्ठसँग उनको पुरानो सम्बन्ध थियो।

पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क भएको थिएन। तर जब असार २४ गते समीक्षाले कल गरिन् अनि भेटघाट गर्ने योजना बन्यो। अमर पथको पसल बन्द गरेर श्रेष्ठ गोल पार्कमा रहेको होटल पाल्पालीमा पुगे। त्योभन्दा आधा घण्टा अगाडि नै गुरुङ भने होटलमा पुगेर दाइ आउँदै हुनुहुन्छ भन्दै रुम बुक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शुक्रबार रातभर सँगै बसेपछि शनिबार श्रेष्ठ पसल खोल्नका लागि भन्दै बिहान ८ बजेतिर बिल तिरेर होटलबाट निस्के। तर युवती चाहिँ रुममै बसिन्। पछि उनलाई बोलाउनको लागि जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले स्थानीयको रोहबरमा ढोका फोड्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ। प्रहरीलाई होटल सञ्चालकले युवायुवती रुममा बसेको बताए पनि प्रहरीलाई भने रुममा सँगै बस्ने युवाको खोजी गर्नको लागि सकस भयो। होटलमा उनीबारे कुनै रेकर्ड थिएन। नजिकै सीसीटीभी फुटेज पनि थिएन।

प्रहरीले अनुसन्धान लागि घटनामा संलग्न रहेको आशङ्कामा ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। पछि अनुसन्धान गर्दा उनीसँगै बस्ने पूर्व प्रेमीका श्रेष्ठ नै भएको खुलेको केसीले बताए। मृतकका बुवा सन्दीप गुरुङले होटल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठविरुद्ध जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma