Developed By Kuldeep Sharma

April 27, 2022

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि बिहीबारको परीक्षण उडानमा सहभागी हुने छन्।

परीक्षण उडान वैशाख १ गते गर्ने भनिएपनि विविध कारणबस तयारी पुरा हुन नसकेपछि उडान रोकिएको थियो। निगमको जहाजबाट परीक्षण उडान भएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्ने बताइएको छ।

यसअघि फागुन ६ गते देखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान पनि गरिएको थियो। बिहिबार भैरहवास्थित निगमको ३३० एयरबस जहाजले परीक्षण उडान गर्ने छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma