Developed By Kuldeep Sharma

August 13, 2022

रूकुम पूर्व प्रहरीको गाडी दुर्घटना अपडेट : एक जवानको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्धार

रुकुमकोट। रुकुम पूर्वमा जिल्ला प्रहरी कार्यालयको जीप दुर्घटना हुँदा घाइते भएका एक जवानको मृत्यु भएको छ। जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका-११ सेरा मोडमा नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो।

जीप दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ। रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार जीप दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।

शनिबार जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रवीन्द्र श्रेष्ठ सहित ६ जना सवार गाडीको मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा परेर घाईते भएका दुई जना डिएसपी सहित गम्भीर भएका दुई जना र अर्का एक प्रहरी जवानलाई हेलिकप्टरले उद्धार गरेको छ। गम्भीर घाइते अवस्थामा रहेका प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको हो।

अनुगमनको सिलसिलामा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार लगायतको टोली तकसेरा जाने क्रममा आज बिहान ११ बजे प्रहरीको गाडी दुर्घटना भएको थियो। सुनुवार अर्कै गाडीमा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma