Developed By Kuldeep Sharma

August 28, 2022

थुनुवा छुटाइदिने भन्दै ५० हजार लिने पक्राउ

दाङ। थुनुवा कक्षमा रहेकालाई छुटाइदिने भन्दै जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ। ५० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-८ निवासी २० वर्षीय प्रतिक बस्नेत छन्। उनी स्वय‌म् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन।

बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरूलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए। तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई उक्त कुराको जानकारी गराएका हुन्।

अनुसन्धान गर्दै जाँदा धरौटीमा छुटेका बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए। उनले बस्नेतलाई शनिबार प्युठानबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma