Developed By Kuldeep Sharma

September 5, 2022

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष र इञ्चार्ज एमालेमै फर्किए

काठमाडौं। नेकपा एकीकृत समाजवादी गुल्मी अध्यक्षसहितका नेताहरू पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन्।

सोमबार नेकपा एमाले गुल्मी जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी, जिल्ला इञ्चार्ज गणेश खनाल, लुम्बिनी प्रदेश कमिटी सदस्य हिमाल थापा, मुसिकोट नगर कमिटी अध्यक्ष मदन घिमिरेसहितका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन्।

उनीनहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली र सचिव गोकर्णराज बिष्टले स्वागत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma