काठमाडौं। लुम्बिनी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्।
पुस २७ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न उनले आह्वान गरेका हुन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक रहेको छ। कुनै पनि दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने छन्।
लुम्बिनीमा माओवादी केन्द्रका १०, नेकपा एमालेका २९, राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जसपाको ३, र जनमतका ३ सांसद छन्। त्यस्तै कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चाको १, नेकपा एकीकृत समाजवादीको १, र स्वतन्त्रबाट २ जना छन्।
सत्ता गठबन्धनसंग रहेको ५२ सांसदमा रोल्पा १ (२) स्वतन्त्रबाट विजयी भएका दिपेन्द्र पुन पनि बुधबार आत्मालोचनासहित पुन माओवादीमा फर्किएपछि अहिले सत्ता गठबन्धनसंग ५३ सांसद रहेका छन्।
प्रतिक्रिया