काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदै छन्।
आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसका चौधरी गत वैशाख १४ गते सत्तारुढ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका ३ ३ र राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १ १ यस्तै स्वतन्त्र १ सांसद गरी ५३ जना सांसदको समर्थन छ।
प्रतिक्रिया