Developed By Kuldeep Sharma

March 27, 2024

१९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

काठमाडौं। पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या गरिएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ मा विभत्स ढंगले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो।

घर नजिकैको पँधेरोमा नुहाउन गएकी युवतीलाई धारिलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा मँगलबार साँझ शव भेटीएको हो। दिउँसो घर नजिकैको पँधेरामा नुहाउन गएकी उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शव भेटिएको बताइएको छ।

मृतक युवती शारदा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको घाँटी र हातका औलाहरू काटिएको छ। घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको हुन सक्ने रिब्दीकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले साँझदेखि नै घटनास्थलको सुरक्षा दिएर राखेको र अहिले अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma