Developed By Kuldeep Sharma

September 29, 2024

नेपाल एएसी कम्पनीले प्राप्त गर्‍यो आईएसओ गुणस्तर चिन्ह

काठमाडौं। जर्मन प्रविधिबाट एएसी ब्लक बनाउँदै आएको नेपाल एएसी कम्पनी प्रालिले ‘आईएसओ ९००१ः२०१५’ गुणस्तर चिन्ह प्राप्त उद्योगको मान्यता पाएको छ।

भैरहवामा आयोजित एक कार्यक्रममा ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि नारायणप्रसाद दवाडीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित नेपाल एएसी कम्पनीका अध्यक्ष प्रमोदकुमार यादव र प्रबन्ध निर्देशक धिरज मल्लिकलाई ‘आईएसओ ९००१ः२०१५’ लोगो हस्तान्तरण गरेका हुन्।

गुणस्तरीय सामाग्री उत्पादन गर्ने कम्पनीलाई अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त लोगो प्रदान गर्दै आएको छ। गुणस्तरका हरेक सूचकलाई कायम राखेर उत्पादन गरेपछि कम्पनीलाई आईएसओ लोगो प्रदान गरिएको दवाडीले बताए। कम्पनीले कायम राखेको गुणस्तरलाई निरन्तरता दिनुपर्ने दवाडीले बताएका छन्।

गत साउनदेखि गुणस्तरयुक्त ब्लक उत्पादन सुरु गरेको उक्त उद्योगमा अहिले दैनिक साढे आठ हजार ब्लक उत्पादन गर्दै आएपनि विभिन्न साइजका दैनिक २० हजार ब्लक उत्पादन गर्ने क्षमता रहेको छ। अबको तीन–चार महिनामा पूर्णक्षमताअनुसार उद्योग संचालन हुने कम्पनीका अध्यक्ष प्रमोदकुमार यादवले बताएका छन्। उनले एएसी ब्लक विश्वभरी नै प्रयोग गरिने उच्च गुणस्तरको भवन निर्माण सामाग्री भएको बताए।

सस्तो, गुणस्तर, भूकम्प प्रतिरोधी र हलुका भएकाले पनि यसको प्रयोग नेपालमा बढिरहेको उनको भनाई छ। यो ब्लक वातावरणमैत्री भएको र नेपाल सरकारले स्थानीय तहमा बनाइरहेका स्वास्थ्य संस्थाका भवनहरुमा समेत यसको प्रयोग गर्ने नीति लिएको उनले बताए।

‘उनका अनुसार ठूला आवासीय भवन, औद्योगिक तथा व्यापारिक भवन, कार्यालय, अस्पताल, विद्यालयलगायतका क्षेत्रमा पनि नेपाल एएसी ब्लकको प्रयोग उचित छ। माग अत्याधिक भएका कारण बजारको मागअनुसार उद्योगले अहिले उत्पादन गर्न नसकेको र जतिसक्दो चाडो पूर्णक्षमता अनुसार उत्पादन गरेर नेपालसहित
भारतमा निर्यात गरिने उनले बताए।

यसको प्रयोगले निर्माण सामाग्री र समयको बचत हुने साथै दिगो निर्माण र पुनः प्रयोगका लागि उपयुक्त हुने बताइएको छ।

उद्योगले अहिले ४, ६ र ८ इन्चको ब्लक उत्पादन गरिरहेको र आवश्यकताका आधारमा अन्य साइजका ब्लक पनि उत्पादन गर्ने तयारी गरिरहेको छ। यस ब्लकको आयु ८० देखि सय वर्षसम्म हुने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma