Developed By Kuldeep Sharma

May 11, 2022

मोदीको लुम्बिनी भ्रमण : भारतीय सैनिक विमान भैरहवा पुगेर फर्कियो

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ। आज(बुधबार) २५६३ औं बुद्ध जयन्तीका लागि भारतीय विमानमार्फत ३० जनाको टोली आएको हो।

लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सुरक्षा व्यवस्थापनका लागि उक्त सैनिक अधिकारीहरुको टोली भैरहवा आएको विमानस्थलका महाप्रन्धक गोविन्द प्रसाद दहालले मुलुकप्रेसलाई जानकारी दिए। उनकाअनुसार विमान भने भारत फिर्ता गइसकेको छ।

जेठ २ गते हुने बुद्धजयन्ती समारोहका लागि आएका उनिहरु जेठ ३ गतेसम्म लुम्बिनीमै बस्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma