Developed By Kuldeep Sharma

August 10, 2022

भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

काठमाडौं। वीरगन्जमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट १४३ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो उक्त परिमाणमा गाँजा बरामद गरेको हो।

वीरगन्ज महानगरपालिका-२४ बहुअरी चोकमा रोकी राखेको मंगलबार राति ११ बजे ड्राईपोर्ट–परवानीपुर सडक खण्डस्थित पवनपुत्र पेट्रोल पम्पदेखि करिब एक सय मिटर उत्तरतर्फ बहुअरी चोकमा रोकि राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डीएसपी सन्तोष कुमार बस्नेतले बताए।

विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रकको सवारी चालक क्याबिनमाथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको बस्नेतले बताए। आवश्यक कारबाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma