Developed By Kuldeep Sharma

January 22, 2023

मधेश प्रदेशका २ स्वतन्त्र सांसद जसपा प्रवेश

काठमाडौं। मधेश प्रदेशका २ जना स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेका छन्। महोत्तरी र पर्सामा स्वतन्त्रबाट निर्वार्चित २ सांसद जसपा नेपाल प्रवेश गरेका हुन्।

उनीहरुले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा पार्टी प्रवेश गरेका हुन्।

महोत्तरी क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद सुरिताकुमारी साह र पर्सा क्षेत्र नं. ३ (कं) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन्। उनीहरु दुबैजनालाई पार्टी अध्यक्ष उपेन्द्र यादव तथा सांसदहरु प्रदीप यादव, राजकिशोर यादवसहितका पदाधिकारीहरुले पार्टीमा स्वगत गरेका हुन्।

सुरिताकुमारी साह यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर यस वर्ष गठबन्धन दलहरुमा महोत्तरी क्षेत्र नं. २ (ख) कांग्रेसको भागमा परेपछि सुरिता टिकटबाट वञ्चित भएकी थिइन्। तर स्वतन्त्र बनेर निर्वाचनमा होमिएकी उनले भारी मतका साथ नेपाली कांग्रेस महोत्तरीका सभापति नागेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma