काठमाडौं। एसिया कप अन्तर्गत आज हुने नेपाल र भारतबीचको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ।
उपमहानगरयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो सवा ३ बजेदेखी हुने खेल हेर्नका लागि २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने जनाएको हो। यसअघि भदौ १३ गते नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि उपमहानगरले विद्यालयहरुमा बिदा दिएको हो।
शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुश गरेकोले टिमको हौसल बढाउनका लागि विदा दिएको बताएकी छिन्।
आजको खेलबाट नेपाल र भारतमध्ये कुनै एक टोली ‘सुपर फोर’ चरणमा पुग्नेछ।
प्रतिक्रिया