Developed By Kuldeep Sharma

September 4, 2023

नेपाल भारतबीचको क्रिकेट हेर्न वीरगञ्ज महानगरमा विदा

काठमाडौं। एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीचको खेल हेर्नका लागि पर्साको वीरगञ्ज महानगरपालिकाले २ बजेपछि सार्वजनिक विदा दिएको छ।

आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने बताइएको हो। जारी सूचनामा उल्लेख छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ। ’

महानगरका अधिकृत हरि राउतले दिउसो सवा तिन बजेदेखि हुने खेल हेर्न र खेलाडीको हौसला बढाउनका लागि विदा दिएको बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma