Developed By Kuldeep Sharma

December 10, 2023

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीद्धारा भुकम्प पिडीतलाई आर्थिक सहयोग

छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जाजरकोटका भुकम्प पिडीतलाई आर्थिक सहयोग गरेका छन्।

उनले व्यक्तीगत तर्फबाट नगद रु पन्ध्र हजारसहित पिडितका लागि सहयोग गरेका हुन्। जाजरकोट भुकम्प पिडीतमाथि परेको विपत्ति आफ्नै परिवारमाथि परेको सम्झेर सक्दो सहयोग गरेको बताए। नेपालीलाई अप्ठ्यारो परेका वेला नेपालीले नै साथ र सहयोग गर्नुपर्ने भन्दै यस्तो समयमा आर्थिक होस् या राहत सामाग्री होस् आ आफ्नो क्षेत्रबाट सहयोग प्रदान गर्न आग्रह समेत गरेका छन्।

ड्रिम नेपाल युवा संघमार्फत सहयोग प्रदान गर्दै अध्यक्ष चौधरीले यस्तो विपतका समयमा सधै आफ्नो साथ रहने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma