Developed By Kuldeep Sharma

August 11, 2022

कोरोना उपचार केन्द्रबाट शौचालय हिँडेका कैदी फरार

काठमाडौं। विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक कैदी भागेका छन्।

बुधबार राति विराटनगर महानगरपालिका-१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट भागेका हुन्। बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो। फैसलापछि उनी फरार थिए। लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो। शौचालय जाने क्रममा उनको हतकडी खोलिएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma