Developed By Kuldeep Sharma

भदौ ९, २०७९

एकीकृत समाजवादी ताप्लेजुङले उम्मेद्ववार टुंग्यायो

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ।

यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए।  यस्तै प्रदेशसभा (क) को प्रत्यक्षतर्फ शम्भु गौतम, सुनिता मादेन र डालकुमार गुरुङ तथा प्रदेशसभा (ख)को प्रत्यक्षतर्फ खेमबहादुर वनेम, मञ्जु पौडेल भट्टराई र ठाकुरसिंह नाल्वोलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरिएको छ।

प्रदेशसभा (क) को समानुपातिकतर्फ नीताकुमारी सिवा र अमर लोहार तथा प्रदेशसभा (ख) तर्फ आरसी पोमु र देवीमाया नेपालीको नाम सिफारिस गरिएको अध्यक्ष लामाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma