Developed By Kuldeep Sharma

August 30, 2022

रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा नायिका रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने भएकी छिन्।

राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो। उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन्।

यद्यपि, पार्टीले निर्णय भने गर्न बाँकी छ। रेखा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिइन्। राजेन्द्र लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कुन्ती शाहीले पराजित गरिन्। त्यसपश्चात उनी केन्द्रीय सदस्यको हैसियतमा छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma