Developed By Kuldeep Sharma

September 11, 2022

प्रतिनिधि सभामा बहुमत ल्याउन कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनै पर्छ: शेखर

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन प्रतिनिधि सभा क्षेत्रमा कांग्रेसले १०० वटा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै कोइरालाले १०० भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताएका हुन्।

‘मैले १०० सिटमा उम्मेदवारी दिनुपर्छ भनिरहेको छु। सत्ता गठबन्धनका बैठकमा शेरबहादुरजी र हाम्रा साथीहरू धेरै सिट लिन लडिरहनुभएको छ,’ मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘कांग्रेस एक्लैले जितेका प्रतिनिधि सभा र प्रदेश सभाका क्षेत्र हामी छाड्दैनौं भनेर मैले प्रचण्डजीलाई पनि भनिसकेको छु।’

कांग्रेसले २०७४ मा एक्लै जितेका क्षेत्र यसपालि छाड्ने हो भने पार्टीभित्र विद्रोह हुन सक्ने पनि आफूले देउवासँगको भेटमा बताएको कोइराला सुनाउँछन्।

‘कांग्रेसले १०० सिटमा उम्मेदवारी दिनुपर्छ। ७०/८० सिटमा दिएर त बहुमत आउँदैन,’ उनले भने, ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो।’ उनले स्थिर सरकार चलाउन कांग्रेसको बहुमत आउनुपर्ने पनि बताए। कांग्रेस नेतृत्वमा अबको सरकार बनाउने र गठबन्धनमा रहेका दलहरूलाई मन्त्रीमा समावेश गर्न सकिने पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma