काठमाडौं। सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरिएको हो। सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ।
पानी पर्ने क्रम जारी रहेकाले नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन र उच्च सतर्कता समेत बढाइएको बताइएको छ।
प्रतिक्रिया