काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर थापालाई दिने निर्णय भएको छ ।
विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेबी वेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट पाएका हुन् । थापा दुई महिना अघिदेखि नै चुनावको तयारीका लागि भन्दै घरदैलो अभियानमा थिए ।
उपमेयरमा भने शिल्पा कार्कीलाई उम्मेदवार बनाइएको एमालेले बताएको छ ।
प्रतिक्रिया