Developed By Kuldeep Sharma

July 30, 2022

सैनिक महाविद्यालयमा छात्राको शव फेला

काठमाडौं। कैलालीको तेघरीमा रहेको सैनिक आवासीय महाविद्यालय तेघरीमा अध्ययनरत एक छात्राको शव फेला परेको छ।
उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत गोदावरी नगरपालिका-१ की छात्रा भिमानी बिष्ट मृत फेला परेकी हुन्।

उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। उनको शव होस्टेलकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता धन बहादुर रोकायाले बताए।

शुक्रबार साँझ मृत फेला परेकी बिष्टको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिए छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma