Developed By Kuldeep Sharma

August 12, 2022

बैतडी महाकालीमा डुबेर दुई किशोरी बेपत्ता

काठमाडौं। बैतडीमा महाकाली नदीमा डुबेर दुई किशोरी बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका-८ की १५ वर्षीया संगीता टमाटा र १४ वर्षीया कविता टमाटा रहेका छन्।

उनीहरू शुक्रबार दिउँसो महाकालीको मौरामा नुहाउन गएको बेला बेपत्ता भएका आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उनीहरू दिउँसो २ बजेतिर बेपत्ता भएका हुन्।

बेपत्ता किशोरीको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma