अछाम। अछामको मेल्लेख गाउँपालिका ५ को विन्धेवासिनी मतदान केन्द्रमा स्थगित भएको सवा घण्टापछि पुनः मतदान सुरु भएको छ। गठबन्धनका एक जनाले फर्जी मत हाल्न खोजेको भन्दै एमालेका प्रतिनिधिले विरोध गरेपछि आक्रोशित मतदाताहरुले सामग्री तोडफोड गरेको प्रहरीले जनाएको छ।
विवादले उग्ररुप लिँदा स्थितीलाई सामान्य बनाउन प्रहरीले तीन राउण्ड हवाइ फायर गर्नु परेको थियो। पत्रकार शिवराज खत्रीले दिएको जानकारीअनुसार पौने ५ बजेबाट शान्तीपुर्ण रुपमा मतदान सुचारु भएको छ।
प्रतिक्रिया