Developed By Kuldeep Sharma

April 23, 2022

धनगढीको मेयरमा कांग्रेसबाट फेरि पनि वड उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुन: नृप बहादुर वडलाई सिफारिस गरेको छ।

कांग्रेसबाट वडसहित सुशिला मिश्र भट्ट, कृष्ण महरा, र हरिस खड्का मेयरका आंकाक्षी रहेपनि अहिलेको अवस्थामा वडनै बलियो उम्मेद्वार मानिएका कारण कांग्रेसले वडलाई सिफारिस गरेको हो। वड सिफारिस भएपछि पार्टीले गरेको यस निर्णयलाई अन्य तीन आंकाक्षीले पनि स्वीकार गरेका छन्। सत्तारूढ गठबन्धनले गरेको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको थियो भने धनगढी–उपमहानगरपालिकाको उपमेयर माओवादीको भागमा परेको छ।

गत निर्वाचनमा कांग्रेसले धनगढीबाट मेयर उपमेयरसँगै १२ वटा वडा जितेको थियो। उपमहानगरपालिकाका १९ वडा मध्ये १४ नम्वर वडा र १९ नम्बर वडा एमालेले जितेका थियो भने ३, ६, ११, १५ र १८ माओवादीले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma