काठमाडौं। गायक टंक तिमिल्सैनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिने भएका छन्।
सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सैनाले स्वतन्त्रबाट भोली उम्म्दवारी दर्ता गर्ने बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बैशाख १२ गते बिहानको १० बजे उम्मेदवारी दर्ता छ। सबै आफन्तजन सुभचिन्तकहरुमा जानकारी। सकिन्छ भने उपस्थितीको लागि अनुरोध गर्दछु। मेयर पद (स्वतन्त्र उम्मेदवार)’
प्रतिक्रिया