Developed By Kuldeep Sharma

August 14, 2022

‘पापा कि परी’ ले ल्याएको तरंग

dinesh teej song aartical

काठमाडौं। तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन्। अहिले तीज महिलालाई मात्रै लाग्दैन, पुरुषलाई त्योभन्दा बढी लाग्छ।

तीजका दिन आयोजना हुने कार्यक्रम हुन या तीजका लागि बनाईने गीतमा पुरुष वर्चश्व देख्न सकिन्छ। महिला, पुरुष कलाकारहरूलाई त तीज आयो कि ठूलै पर्व आउँछ। तीज आउनु १ महिना अघि र त्यसको केही दिन पछिसम्म पनि कलाकारहरूलाई तीज लाग्छ। हरेक वर्ष तीज आउँदा थुप्रै गीत सार्वजनिक हुन्छन्। तर हरेक वर्ष जसो कुनै न कुनै गीत बिबादमा तान्छिन्।

कहिले दुर्गेश थापाले साडी लगाएर नाचेको गीत त कहिले करिस्मा ढकालले पेटीकोट लगाएर नाचेका गीतलाई लिएर सामाजिक सञ्जालमा आलोचना र बिबाद हुन्छ। यस वर्ष पनि यो क्रमले निरन्तरता पाएको छ। अहिले गायिका शुशिला पाठकले गाएको ‘पापाकी परी’बोलको गीतलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताले निक्कै आलोचना गरे। यो गीतको शब्द सर्जक शिव हमालले लेखेका थिए। गीतका शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भयो।

आलोचना भएको शब्द थियो,

के हुन्छ होला है विहेको राति,

अँध्यारो कोठामा अञ्जान साथी।।

सम्झेर गइसक्यो सातो वरी लै’

हमाल ति ब्यक्ती हुन, जो राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक छन्। उनी आफैले गीत रचना गरे, आफैले माफी पनि मागे। आफैले हटाउन पनि लगाए।

उनी आफै लज्जित पनि भएछन्। पछि गएर लाज लाग्नु पर्छ भन्ने हेक्का उनलाई काम गर्दा नहुँदो रहेछ। र उनले आफूले गरेको कुनै पनि काममा अडान लिन नसक्ने रहेछन् भन्ने कुरा प्रमाणित गरिरहन परेन। हमाल आफैलाई पनि थाहा नहुँदो रहेछ कुन कुरामा विकृति छ र कुन कुरा यर्थाथपरक। सामाजिक सञ्जालमा आउने कुरालाई जजमेन्ट गरेर आत्तिएका उनले यसमा कुनै डिफेन्स नै नगरि हटाउन निर्देशन दिए। नभए कारबाहीसमेत गर्ने चेतावनी दिए। किनकी त्यो अधिकार उनीसँग भएकाले पनि होला।

तीज के हो? र धार्मिक पृष्ठभूमिबारे बुझौँ

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो।

त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन्। हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार ब्रत बसिन्।

यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव र पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

अब जाँउ बिबादित गीतको शब्द र दृश्य तर्फ

यो गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भयो। त्यसपछि भने शिव आत्तिए। अनि उनले त्यो शब्द र दृश्य हटाउन दबाब दिए। गायिका, संगीतकार र मोडल भने हमालको कुरा मान्न तयार थिएनन्।

तर पनि शिवको धम्कीपछि उनीहरू बाध्य भएर हटाए। तर यो गीत हटाइएको भनिए पनि अहिले गायिकाले पुनः त्यहि पुरानै गीत युट्युवमा अप्लोड गरिसकेकी छन्। हमालले सामाजिक सञ्जालमा आएको प्रतिक्रियालाई डिफेन्स गर्न नसक्दा यो सारा मार भने गीतको टिमलाई पर्यो। जानकारहरू र वौद्धिक व्यक्तीले सुझाव दिन नपाउँदै गीत हट्यो। तर गीतमा त्यस्तो विकृति नदेखिने र हटाई हाल्न पर्ने खालको नभएको जानकारहरूका प्रतिक्रिया आएका छन्।

लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका पत्रकार प्रकाश सुवेदी गीतका शब्द र दृष्ट हटाउनु पर्ने खालको नभएको तर्क गर्छन्। शब्दका विषयमा सुवेदीले एउटी विवाह गर्न उन्मुक्त युवतीले आफ्नी साथीसँग सोधेको कुरा पाप र विकृति कसरी हुन्छरु भनेर प्रश्न गरे। भिडियो दृश्यबारे प्रकाशले भनेका छन् ‘एउटी विवाह गर्न लागेकी युवती र उनका साथीहरू पानी पधेरोमा नुहाउन गएका छन् पेटीकोट लगाएका छन्। सारा शरीर ढाकेका छन्। के नुहाउन जाँदा चौवन्धी चोली र घागरा लगाएर जानु पर्ने हो? यहाँ विकिनी लगाएर हजारौँ गीत बनेका छन्। शहरको स्वीमिङ पुलमा विकिनी लगाएर नाँच्दा श्लिल हुने अनि गाउँको पधेरोमा पेटीकोट लगाएर जिउ ढाक्दा छोपेर नुहाउँन लाग्दा चाँहि अश्लिल हुने?’

यसबारेमा उनले रजतपटमा आफ्नो बिचारसहितको सामग्री प्रस्तुत गरिसकेका छन्। म पनि प्रकाश सुवेदीको कुरामा समर्थन गर्छु। म पनि यो गीतलाई बिवादित बनाउनु पर्ने र आलोचना गर्नु पर्ने देख्दिन। बरु यो गीतले तानेको बिबादबाट केही प्रश्न भने उव्जिएका छन्।

बिबादको चुरो, कुरो र उठेका प्रश्न

सामाजिक सञ्जालको फैसला नै अन्तिम हुने हो त?

सबैभन्दा पहिले सामाजिक सञ्जालमा आउने प्रतिकृयालाई मात्रै जजमेण्ट गर्ने त्यसको डिफेन्स गर्न सक्ने क्षमता नहुने हो भने यहाँ अन्य मुद्दामा पनि तिनै सामाजिक सञ्जालका प्रयोगकर्ताले फैसला गर्नेछन्। र त्यही सञ्जालको फैसला नै अन्तिम मान्नु पर्ने दिन आउने छ। विज्ञका सुझाव, र बहसको कुनै तुक र अर्थ हुँदैन भन्ने कुरा यो प्रकरणको सन्देश हो। यसकारण. यसलाई तोड्ने हो भने सञ्जालमा भइरहेको आलोचना वा बिबादलाई हेरेर जानकार तथा विज्ञहरुसंग बहस गर्नु पर्छ।

गीतकार हमालको नियत

हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक छन्। उनी आफै यस्ता गीत लेख्छन्। अनि सार्वजनिक भइसकेपछि २\४ जनाले गरेको विरोधमा आत्तिन्छन् भन्ने यसले प्रष्ट पारेको यो क्षेत्रका व्यक्तीहरूले बुझ्न थालेका छन्। उनले त्यत्ति गरिसकेपछि आफू लज्जित भएको भन्दै एउटा अनलाईनलाई वाईटसम्म दिन भ्याए। तर खासमा कुरो चाँहि के रहेछ भने, उनलाई उनकै टिम भित्रबाट अलि दवाव आएछ।

यतिसम्म कि पछि पदबाट राजीनामासम्म दिन पर्छ है भनेछन्। एउटा स्रोतले भनेअनुसार फेसवुक ग्रुपमा ३\४ जनाले शिवलाई त्यस्तो धम्की दिएपछि उनले गीतको टिमलाई हटाउन धम्की दिएछन्। प्रतिष्ठानको चुनाव पनि आउन लागेको भएर आफूलाई अपठ्यारो परेपछि उनले गीत हटाउन भनेछन्। उनी आफैले मिडियामा गएर माफी पनि मागे। लज्जित भएको पनि भने। तर गीतको टिमसँग आफुले त्यस्तो भनेको नभई मिडियाले बढी लेखिदिए भन्न भ्याएछन्।

खासगरि प्रतिष्ठान भित्रका केही पदाधिकारीले शिवलाई दवाव दिए। र उनलाई उनीहरूको भनेको नमाने चुनावमा असर पर्ने देखेपछि गीत हटाउन धम्की नै दिए।

तीजमा युवतीको भवाना समेटिँदैन ?

अर्को कुरा तीज किशोरीहरूका लागि होइन भन्ने भाष्य यो प्रकरणले कता कता झल्को दिने खालको देखिन्छ। तीज ब्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन्।

उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन्। यसले महिलाहरूलाई सशक्त बनाउँछ। यी कुराहरू तीजका सकरात्मक पक्ष हुन तर यो गीतले जुन बिबाद उत्पन्न गराएको छ, त्यसले प्रष्टरुपमा दिएको एउटा सन्देश के हो भने तीज किशोरीहरूका लागि होइन भन्ने।

यदि यो भनाईलाई स्वीकार्न सकिन्छ भने त ति किशोरीले आफ्ना साथीहरूसँग विवाहको पहिलो रातलाई लिएर राखेको जिज्ञसा र पानी पधेरोमा युवतीका साथीहरूले शरीर ढाकेर लगाएको पेटीकोटमा के को टाउको दुखाई? कहाँको विकृति? यी दृश्य त गाउँघरमा अहिले पनि देखिन्छन्। र उनीहरूले यस्तै कुरा गर्छन पनि। यो स्वभाविक पनि हो। अनि कसरी विकृति हुन्छ? के युवतीहरूले आफ्नो वैवाहिक जिवनको सुरुवातबारे आफ्ना साथीसँग गरेको कुरा तीज गीतमा आएको सन्देशलाई सामाजिक सञ्जालको जमातले पचाउन नसक्ने हो? के तीजमा महिलाले माईती आउन नपाएको, सासु, श्रीमानले दुःख दिएको, माईतीमा भाउजुको कुरा मात्रै आउनु पर्ने हो? यदि त्यसो होइन भने तीजमा युवतीका भावना र उनीहरूमा आउने काल्पनिक सोचलाई पनि गीतमा समेट्दा विकृति किन मान्नु? यस प्रश्नको जवाफ दिन समाजका बुज्रुकहरू तयार हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma