Developed By Kuldeep Sharma

November 17, 2022

राजनीति र हेनरी फोर्ड

राजनीति गर्ने मान्छे कस्तो हुनुपर्छ र के गर्नु पर्छ भन्ने बारेमा राजनीति वा नीति शास्त्रहरुमा लेखिएको हुन्छ।

राजनीति गर्ने मान्छे दार्शनिक, विद्धान, त्रिकालदर्शि, भविष्यदृष्टा, इतिहाँसवेत्ता, भाषणवेत्ता, उत्तमवक्ता, विनम्र स्वाभावको आदि हुनुपर्छ भनेर गफसफ गरीन्छ। तर नुवाकोटमा २०३८ साल देखि आज सम्म पनि शासन गर्ने नेताहरुलाइ एक पटक हेर्नोस त को को थिए।

मैले आज सम्म डुलेको नुवाकोट निर्वाचन क्षेत्र न : १ मा त गरीविको कहाली लाग्दो विकास बाहेक अरुको विकास त देखिएन । दुप्चेश्वर शिखरवेशीको धानको चामल विश्वको सबै भन्दा मिठो चामल हो भनिन्दो रहेछ । विगतमा यो चामल सिधै राजदरवारमा लगिन्दो रहेछ । तर शिखरवेशिमा नै गरीविको कहाली लाग्दो स्थिती छ।

आज सम्म नेता भनाउदाँहरुले के चाहि हेरेर बसेछन। घ्याङ्गफेदी गाऊ नेपाली जनमानसमा विस २०४९ मा थाइ जहाज दुर्घटना, विस २०७३ मा २३ जनाको ट्रक दुघृटनामा मृत्यु र चेलीवेटी वेचविखन हुने स्थानको नामले जानिन्थ्यो भनेर स्थानीयले भने। तर म घ्याङ्गफेदी गाऊ पुग्दा दुर्घटना त भए होला तर चेलीवेटी वेचविखन चाहि पुरै हटेको छ भन्नु भयो।

घ्याङ्गफेदी माविको ११ ÷१२ कक्षामा कानुन विषय पढाइ हुने रहेछ। तामाङ्ग होमिस्टेहरु पनि अति नै सफा र सुग्घर छन। घरै पिच्छे डस्विन, आधुनिक शौचालय, खानेपानीको सुविधा आदि छन। वाल अधिकार र महिला अधिकारका कार्यक्रमहरु त हप्तामा २ वटा सम्म हुने रहेछन । यी सबै वैकल्पिक सुविधाहरुले गर्दा घ्याङ्गफेदीका वासिन्दाहरुको राजनैतिक र सामाजिक चेतनाको स्तर चानचुने छैन।

मैले पनि उहाँहरुवाट धेरै व्यावहारीक विषयहरु सिक्ने मौका पाए। कात्तिक २०७९, ३० गतेको कान्तिपुरमा होमप्रसाद लम्सालले नेपाल र अमेरिकाको चुनावी दृष्य भन्ने लेख प्रकाशित गरेका छन। हाम्रोमा बुथ एजेण्टहरुले मौका पारेर एकै जनाले धेरै जनाको नाममा नाम भए पनि नभए पनि भोट हालेका उदाहरणहरु छन।

तर अमेरिकाका चिया पसलमा चिया खाए जस्तो हुनेरहेछ मतदान केन्द्र। हामी खाडीका नेपालीहरुलाइ मतदानबाट बन्चित गर्छौ, अमेरिकामा अन्तरिक्ष यात्रीहरुले पनि मतदान दिदाँ रहेछन। यी सबै विषयहरु मेनेज्मेण्ट गर्ने तरीकामा भर पर्छन।

विश्व प्रशिद्ध कार कम्पनिका मालिक हेनरी फोर्ड विरुद्ध अदालतमा एउटा मुद्धा दर्ज गरीयो । मुद्धामा लेखिएको थियो, हेनरी फोर्ड केहि कुरा नजान्ने, कुनै ज्ञान नभएको, कुनै सिदान्तहरु नजान्ने, सामान्य ज्ञान पनि नभएको मान्छे छ। तर उसले ठुलो कार कम्पनि खुलेर सयौ मान्छेहरुलाइ रोजगारी दिइ रहेको छ, यसको मत्लव उसले धेरै जनाको जिवन माथि खेलवार्ड गरी रहेकोछ।

अदालतको आदेश अनुसार फोर्ड उपस्थित भए । तब मुद्धा हाल्ने मान्छेलाइ न्यायधिषले भने कसरी फोर्ड तपाइले भने जस्तो केहि पनि नजान्ने मान्छे हो । तब मुद्धा हाल्ने वकिलले प्रमाणित गर्न फोर्ड माथि प्रश्न गर्दछ, पृथ्वी भन्दा चन्द्रमा कति टाढा छ ? फ्रान्सेली राज्यक्रान्ति कहिले भयो ? मानिसले वर्ष दिनमा कति पटक स्वास फेर्छ ? प्रशान्त महासागरमा पानी कति छ ? आदि। फोर्डले कुनै उत्तर दिएनन्।

न्यायधिष भन्छ, फोर्ड, तिमी वकिलले भने जस्तै केहि नजान्ने मुर्ख रहेछौ। तिमी कानुनको सजायको भागिदार बन्नु पर्छ । अब फोर्ड भन्छन, न्यायधिषज्यू म यी सबै प्रश्नहरुका उत्तर दिन्छु तर यहाँ होइन मेरो अनुसन्धान केन्द्रमा जानु पर्छ। यति भने पछि न्यायधिष उनको अनुसन्धान केन्द्रमा गए । अनुसन्धान केन्द्रमा फोर्डका ५० वटा कम्पुटर स्क्रिन जस्तै बस्तुहरु थिए।

तब फोर्डले आफुलाइ सोधेका प्रश्न सोध्न माइक्रोफोन ति वकिललाइ दिए। प्रश्न सोध्न साथ कम्पुटर स्क्रिन जस्तै बस्तुहरुमा निमेष भरमा वा तुरुन्तै सबै प्रश्नका उत्तर आउथे। अव फोर्ड भन्छन, मान्छेले सबै कुराहरु १००० प्रतिशत जान्नु पर्दैन तर सबै कुराहरु चाहि १÷१ प्रतिशत जान्नु पर्छ । म अनुसन्धानका कम्पुटर चलाउन हज्जार प्रतिशत जान्दछु , मैले यहाँ के प्रबन्ध मिलाएको छु भने गुगल सर्च जस्तै सबै प्रश्नहरुको उत्तर बस्तु परक र तथ्यपरक ढंगमा एकै छिनमा प्रस्तुत गर्न सकियोस।

अथवा हामी जे काम गर्छौ त्यसका बारेमा हज्जार प्रतिशत जान्नु पर्छ तर अरुका बारेमा १ प्रतिशत मात्र जाने पुग्छ। यसको मतलव मैलै नुवाकोटको आधुनिक विकासका बारेमा हज्जार प्रतिशत जान्नु पर्दछ र मात्र नुवाकोटवासिहरुले मलाइ मंसिर ४ गते अत्याधिक बहुमतले विजय गराउनु हुनेछ। भ्रष्टाचार गर्ने तरीकाका बारेमा हज्जार प्रतिशत जान्नेहरुका दिन गए। त्यसैले नुवाकोट निर्वाचन क्षेत्र न : १ को प्रतिनिधि सभा सदस्यमा सफलतालाइ लौरोमा दिनु भोट, बैभवशाली बनाउछिन नुवाकोट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma