Developed By Kuldeep Sharma

December 3, 2022

नारीवादी दिग्दर्शन

काठमाडौं। महर्षि वेद व्यासले चारवटा वेदहरु लेख्दा नारी वेद लेख्न छुटाएका थिए।

तर १८ वटा महापुराणहरु लेख्दा भने देवि भागवत पुराण लेखेर नारीहरुको मुल्य मान्यता शाहास र पराक्रमको अध्योपान्त व्याख्या र विश्लेषण गरीदिए। यि सबै काल्पनिक पात्रहरु भए पनि नारीहरु कति सम्म रिसाउछन भन्ने बारेमा देविले चण्डमुण्डको रगत खान्छिन। महिषसुरलाइ मारी दिन्छिन्।

दुर्गा देवि त डरलाग्दो जनावार सिहलाइ नै आफ्नो नीजि सवारी साधन बनाउदछिन्। तर दुखको कुरा दशैमा दिने आर्शिवादमा नै विभेद गरीएकोछ। छोरालाइ आयु द्रोण सुते श्री दशरथे र छोरीलाइ जयन्ति, मंगलाकालि, भद्रकालि, कपालिनी। दुबैलाइ दिने एउटै आर्शिवचन हुनुपर्थ्यो।

मान्छेले आज भन्दा ५ हजार वर्ष अगाडीबाट मात्र स्वर्ग, नर्क, पाताल, देवि, देउताको कल्पना आदी अध्यात्मक दर्शनको शुरु गर्न थालेको हो। जब मान्छेले कुनै घटनाहरु घट्नुको कारण थाहा पाउन सकेन, तब उसले यो सबै काम भगवान भन्ने महापुरुषले गरेको भनेर एउटा कल्पनाको भगवानसंग लगेर जोडिदियो।

मान्छेले अरु कल्पनाहरु गर्न नसकेर देवताका पनि घर, परिवार, श्रीमान – श्रीमति, छोरा – नाती, कुल, गोत्र आदी सबै कल्पना गरे। भगवानलाइ पनि मान्छे जस्तै मानसिक र भौतिक आवश्यकताको सुचिमा पारी दिए। तर वास्तवमा भगवानका १३ वटा गुणहरु हुन्छन्।

ति हुन, १. अमर, २. अजरा, ३. अदृष्य, ४.अपार, ५.अविनाशी, ६. अनादी, ७. अजेय ८. निराकार ९. निराचार १०.निर्गुण ११. अनन्त १२. व्यापक र १३. असार। यि गुणहरु भएको बस्तु शुन्य हो जो हाम्रो वरीपरी सबै तिर फैलिएको छ। ब्रहाण्डको सुन्य वा महाअकाश नै सुन्य हो।

त्यसैले इश्वर कुनै जिव नै होइन। इश्वर भनेकै प्रकृति मात्र हो। इश्वरले कसैलाइ वरदान र सराप दिँदैनन्। कार्ल माक्स भन्छन : धर्म जनताका नाममा अफिम मात्र हो। संसारमा धर्मका नाममा महिलाको सबै भन्दा बढि शोषण भएको छ। पुर्विय दर्शनमा चारवाक दर्शन आफैमा यथार्थपरक दर्शन मानिन्छ।

चारवाक दर्शनलाई विश्लेषण गर्दा यि ६ ‘प’ हरुमा कहिल्यै विश्वास नगर्नु भन्ने मान्यता पाइन्छ। परमेश्वरको प, परलोकको प, पुर्पुरोको प, परम्पराको प, पुर्व जन्मको प र परजन्मको प, मान्छेले यि ६ वटा ‘प’ को काल्पनिक उत्पति गरेर महिलाहरुलाई सक्दो शोषण गरेको छ।

यि ६ प हरुले महिलाको आत्मा जागरणलाइ प्रतिबन्ध गरेका छन्। आजको युग पुजिवादी युग हो आज धर्म कर्म सबै कुराहरु पुजिमा आधारीत हुन्छन्। त्यसैले आइन्दा नेपालमा देवि देबताहरुलाइ पनि आधुनिकीकरण गर्नुपर्छ। देवी देवताहरु पनि कार चढेका, ल्पेन चढेका, पानी जहाज चढेका, मोबाइलमा गफ गरेका, हाइपर सोनिक लुप र हाइपर सोनिक जहाजमा यात्रा गरीरहेका, स्वर्गमा पनि विश्वविद्यालय स्थापना भएको, सबै ११ वटै महानरकहरु तामिश्रि साल्मलि बैतरणी कुम्भिपाक आदीमा सुधार गरेर स्वर्ग भन्दा उत्तम बनाएको, नर्कमा मानव अधिकारवादीले विना डलर पनि आवाज उठाएको आदी बनाउनु पर्छ।

महिनामारी नबार्दा नर्क जानु पर्दैन। गए पनि अबका नर्कहरु स्वर्ग भन्दा धेरै सुविधा सम्पन्न छन्। प्राणी शास्त्रका अनुसार आज भन्दा करीब ३ करोड वर्ष पहिले पृथ्वीमा पहिलो पटक विपरीत यौन सम्बन्ध गरेर बच्चा बनाउने प्राणीहरु देखा परेका थिए।

हालसम्म यो परम्पराबाट नै सबै प्राणीहरुको बंश परम्परा चल्दै आएको छ। आज सबै प्राणीहरु अण्ड वा पिण्डबाट मात्र बच्चा जन्माउन सक्छन्। पृथ्वीमा ३ करोड वर्ष देखि नै महिला वा पोथि जातीले बच्चा जन्माउनु पर्ने प्रकृतिक नियम बन्दै आएको हो। तपाइ हामी आमाका गर्भमा बसेको पहिलो दिन देखि जन्म भएको दिन सम्मको ९ महिनाको अवधिलाई १० मिनेट समय निकालेर सम्झने हो भने यो नोस्टालजियाले हामीलाइ तिन त्रिलोक भन्दा पनि चार बहुलोकको चिन्तनमा पुराउनेछ।

आजको महत्वपुर्ण सवाल यो छ कि, किन महिला आयोग, यूएन वुमेन आदी संस्थाहरु खोलिए? तर किन पुरुष आयोग, यूएनपुरुष खोलिएन। किन बाघिनी आयोग, बाँदर्नी आयोग भएन ? जनावरमा त चल्छ। किन पशुपति नाथको मन्दिरमा महिला पुजारी राख्न नहुने हो ?

दक्षिण भारतको शवरीमाला मन्दिरमा ११ सय वर्ष देखि महिलाहरुलाइ प्रवेश निषेध गरएिको थियो तर सन २०१८ मा युवा वकिलहरुको समुह, महिला अधिकार कर्मिहरु स्थानीय सबै जनाको संयुक्त दवाव पछि कानुनी अधिकार सहित सबै महिलाहरुले केरला राज्यको सवरीमाला मन्दिरमा दर्शन गर्न वा भित्र जान सहज भएको छ।

शवरी भनेकी रावणले सिता हरे पछि पहिलो पल्ट रामलाइ सिता रावणले हरेर लगेको छ र रिकसिसमुकमा सुग्रिब बाँदर बस्छन, उसैको सहयोगले तिमीले सिता अयोध्या लैजान सक्छौ भन्ने सल्लाह दिने रामकी महागुरुआमा थिइन्। हामी महिला सधै परजिवि हुन मात्र खोज्यौँ।

हामी भगवानसंग पनि मेरो विवाह धनिको छोरो, हेण्डसम केटो, शाशु मरेकी, नन्द आमाज्यू नभएका, पल्सर बाइक भएको, धन्दा गर्न घरमा कुनै कामदार आउने, श्रीमानको कमाइ तलब भन्दा पनि घुस खाएर बढि आउने, श्रीमानले नै राम्रो साडी, आइ फोन किनिदिएको, श्रीमानसंगै गएर रीसोटमा २ प्लेट मः मः खाने, यस्ता धेरै माग पुरा गराएर उसकै यौनदासी बनेर बस्ने आदी न्यूनमानसिक कार्यहरु हामी महिलाहरुले नै त्याग्नु पर्छ।

यदि धनै सबै भन्दा ठुलो थियो भने त बिल गेट्सकी श्रीमति र एलन मक्स कि श्रीमतिहरुले यि २ विश्वका प्रथम धनिहरुसंग डिर्भोस गर्दैन थिए होला। हाम्रो समाजमा श्रीमानको हैसियत श्रिमतीसंग जोडीनु नै एउटा खराब पक्ष हो।

जस्तो हाकिमकी बुढी हाकिमनी, राजाकी बुढी रानी, मुख्य सचिवकि वुढी सिधै नीजामति कर्मचारी श्रीमति संघकी पदेन अध्यक्ष आदी। बुढाका पदसंगै फ्रिमा समान पद पाए पछि को दुख गरोस। नेपालमा बलत्कारका घटनाहरु चाहि स्वात्तै घटेको छ। तर आज विगतमा लुकाउने वा दवाइने गरेका सबै प्रकारका महिला हिंसाहरु प्रकट गरीएका मात्र हुन्। धेरै जनाले महिला हिंसा खुलाएका मात्र हुन्।

बालिका हिंसा, महिला हिंसा, लैगिक हिंसा, बलत्कार,  घरेलु हिंसा आदी यि सबै महिलाका हिंसा हुन्। समाज उदार नबने सम्म महिला हिन्सामा कमि आउने देखिन्दैन।

विकसित देशहरुमा लिभिङ्क टुगेदर, कन्ट्राक्ट म्यारीज, खुल्ला समाजको अभ्यास, विद्यालयमा यौन शिक्षा आदीले महिला यौन हिसामा कमि ल्याएको पाइन्छ । विगतमा नेपालको राष्ट्रिय महिला आयोगले नेपालमा लिभिङ्गटुगेदर सम्बन्धि मस्यौदा कानुन तयारी गरी सकेको थियो।

नेपालमा यौन व्यावसायलाई व्यावस्थित पार्न कानुनी रुपमा नै यौन व्यावसाय स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बारम्बार छलफल नभएका होइनन्। नेपालकोे प्रहरी प्रतिवेदन अनुसार बलत्कार आरोपी पुरुषको उमेर १९ देखि ३५ वर्ष छ भने बलात्कृत महिलाको उमेर ८ वर्ष देखि ७६ वर्ष सम्म छ।

प्रकृतिले महिला र पुरुषलाइ १६ वर्ष देखि प्रजनन् योग्य बनाउदछ। तर महिलालाइ ५० वर्षाबाट डिम्ब उत्पादन गर्न रोक्छ। पुरुषहरुमा आजन्म शुक्रकिट उत्पादन गरी रहेका हुन्छन्। यौन हिन्साका घटनाहरुलाई रोक्न छनौटहरुको स्वातन्त्रता पनि दिनु पर्ने हुन्छ।

महिला-पुरुष दुबैमा यौन हार्मोनको निकाशा रोकिएमा पनि यौन असन्तुष्ट र बिचलन उत्पन्न हुन्छ। अमेरिकी अदालतको एउटा नजिर के छ भने ७ दिन भात खान नपाएर भोकै परेको मान्छेले भात चोरेर खायो भने को दोषि हुन्छ। पुर्वसंचार मन्त्री गोकुल बाँँस्कोटाको निर्देशनमा नेपालमा २६ हजारवटा पोरन साइड (यौन साइडहरु) बन्द गरिएका छन् भन्ने कुरा त बीबीसी नेपाली सेवा अन्तरगतको साझा सवाल कार्यक्रममा पनि उठेको थियो।

आयरलैण्डका साहित्यकार जर्ज वार्डन शाहले भनेका थिए: विवाह एउटा कानुनी बेश्यालय मात्र हो। पोखरामा भारतवाट नव विवाहितहरु हनिमुन मनाउन हनिमुन पर्यटन बनेर आउनेको संख्या ठुलो थियो। तर प्रहरीले उनिहरु बसेको कोठा छापा मार्दै उनिहरुसंग श्रीमान श्रीमति भएको प्रमाण पत्र खोज्ने र नदिए पछि अबैध यौन धन्दा संचालन गरेको आरोपमा मुद्धा चलाउन थाले पछि पोखरा आउने भारतिय युवा पर्यटकहरुले गन्तव्य बदलेर भारतको दार्जिलिङ्ग, आन्दमान और निकोवार, पुडेचेरी, गोआ आदी र श्रीलंङ्का साथै बंगलादेशलाई आफ्नो गन्तब्य बनाएका छन्।

भन्न खोजेको के मात्र हो भने समाजलाइ गतिशिल बनाउन प्रजनन् स्वास्थ्यको उचित व्याबस्थापन गर्नुपर्छ। कान्तिपुर २०७८ मंसिर ५ गतेको हूमन राइट वाच एसिया शाखाको रीपोट हेर्दा २ लाख नेपाली केटीहरु भारतका दिल्ली, कलकत्ता, बम्बइ, नागपुर, पुने आदीको यौन बजारमा बेचिएका छन्।

तर बेलायती केटी कतै पनि बेचिएको समाचार छैन किनकि उनिहरुको आम जागरण उच्चकोटीको छ। भ्वाइलेन्टिना तेरेस्कोभा र कल्पना चाउला दुबै अन्तरीक्षको भ्रमण गरेर फर्किएका महान नारीहरुहुन्। उनिहरु पनि महादेव पति पाऊँ भनेर ब्रत गरेका भए साहेद यो विश्व ऐतिहासिक रेकर्ड बनाउने थिएनन्।

उनिहरुले अरु महादेव होइन, आफै महादेवि बन्ने बाटो रोजे, र भए पनि। सिन्दुर दलेर, पोते भिरेर, साडी बेरेर, पाउडर धसेर महिलामुक्ती र स्वातन्त्रताका लागि लड्नु हामी नारी समुदायका लागि धिक्कार र लाजमर्दो कुरा हो। के गरेर महिलाहरु गतिला र आत्मा निर्भर बनाउने भने हामीसंग राष्ट्रिय नीति नै छैन्।

नेपाली महिलाहरुको जन्मदेखि मरणसम्म कै दिनचर्या भात पकाउने,  घाँस- दाउरा, सुगुरलाइ चारो खोज्ने, डल्ला फोर्ने, बस्तु भाउ हेर्ने, कुखुरा चल्ला छोप्ने, खोले पकाउने, भकारो सोर्ने, दुध दुहुने, नानीका थाङ्गना धुने सुकाउने, शासु ससुराका खुट्टामा चिल्लो लगाई दिने, आमाज्यू र काकी शासुलाइ मसाज गरीदिने आदीमा वित्दछ।

यि सबैलाइ प्रतिस्थापना गर्ने प्रविधि नेपालमा पनि आइ सकेको छ। हामीले संघीय प्रादेशिक र स्थानीय सरकारको नीति र कार्यक्रममा प्रविधि मैत्रि महिला समाज बनाउने नीति तथा कार्यक्रम बनायौ भने हामी नारीहरुका ७५ प्रतिशत समस्याहरु स्वत हटेर जान्छन्।

१० घरको एउटा साझा ठुलो वाशिङ्ग मेसिन राख्ने हो भने महिलाहरु ढाड भाचि भाँचि लुगा धुने महाकष्टबाट मुक्त हुने छन्। गतवर्षहरुका कोरोना कहरमा त्रिवि टिचिङ्ग हस्पिटलका साथै अन्य डक्टरहरुले विहान बेलुका भात पकाउने चलनको अन्त्य गर्ने एउटा प्रविधिको बिकास नै गर्नु भएको थियो।

तर उद्योग मन्त्रालयले यसलाइ धोति लगाईदियो। तत्कालिन उद्योग राज्य मन्त्री विमला विश्वकर्माले यस्तो चलन आएमा नेपालमा बुहारीहरु बेरोजगार हुने रुढिवादी तर्क राखेकि थिइन, भने सचिव चन्द्र घिमिरेले मन्त्रीको आदेश कुरेको तर आदेश नै आएन भनेर आफै अवकाश लिए।

नेपाल पुर्व पश्चिम बुहारी समाजले पनि तरकारी काट्दा एकछिन भए पनि बस्न पाइन्छ भनेर यो भान्से बुहारी मैत्री प्रविधि भित्रउन कसैले चियो चर्चा गरेनन् र चासो पनि दिएनन्। महिला मैत्री समाज बनाउन महिलाहरु नै विभिषण त बनेका छैनौ ?

लैगिंक हिन्साका दोषि हाम्रा समाजका आदरणीय हजुरबुबा, बा, दाजु, भाइ, भतिज कोहि होइनन् , लैगिंक हिन्साका हाम्रो समाजका कुहिएको सामाजिक मुल्य मान्यता आदर्श दिशा दर्शन मात्र हुन्।

यि खराब कुराको विरुद्धमा आज मैले बोलिन भने, तिमीले बोलेनौ भने र हामीले बोलेनौ भने भोलि कसले आएर हटाउला त ? यो महिला विभेदी अन्धकार, किनकि भोलि आउनेहरु त हाम्रै छोरी, नातिनी र पनातिनीहरु हुन्।

उनिहरुकै हामी हजुरआमा र आमाहरु नै सामाजिक अन्याय, अत्याचार सहन यति रमाएका छौ भने के एउटा विरालाले बाघको डमरु जन्माउन सक्छ र ? महिला हिन्सा विरुद्ध हामी बाघ बनौँ।

अनि मात्र हाम्रा छोरी नातिनी र पनातीनी बाघिनी बन्छन र उनिहरुले चितुवा व्यासो स्याल र फ्याउराहरुको जंजालबाट आफुलाइ बिना शंकोच सुरक्षित महसुश गर्छन्।

वास्तवमा चाहिँ पुरुषहरु महिलासंग तुलना गर्न त होइन दोस्रो हुन पनि लायकका छैनन्। किनभने महिलाका गर्भमा बसेर जन्मेको पुरुष कसरी महिलासंग तुलना हुन्छ ? हाम्रा धर्म शास्त्रहरुमा पतिव्रता होइन् पति बड्ता भएकाहरु चाहि पञ्चकन्या भएका छन्। यी पंचकन्याहरु अहिल्या, तारा, द्रौपदि, कुन्ति र मन्दोदरीका धेरै जना पतिहरु थिए।

स्वर्गमा पनि भगवान ब्रम्हाकि छोरी वा श्रीमती सरस्वती शिक्षा मन्त्री भएकि छिन्। त्यस्तै भगवान विष्णुकी श्रीमति लक्ष्मि अर्थ मन्त्री बनेकि छिन्। हाम्रो समाजले स्वर्गका नारीहरु पनि श्रीमानको सम्रक्षणमा मात्र देवि बन्न पाइछ भन्ने पुष्टि गर्न खोजेको छ।

उर्वशी अप्सराले छोरा जन्माइन्। तब पुरोहितले न्वारनका दिन यस पुत्रका बुबा को हुन् भनेर सोधे। उवर्शिले भनिन् ः मसंग अरुण ऋषि र मैत्रेय ऋषि दुबै जनाले सहवास गर्नु हुनथ्यो। त्यसैले उहाँहरु २ जना मध्ये यसको बुबा को हुनुहुन्छ थाहा भएन।

त्यसपछि पुरोहीतले त्यसो भए यो महाऋषि हुन्छ र यसको नाम वशिष्ट राखि दिए। पछि तिनै महर्षि वशिष्ट ऋषि बने। उनि राजा दशरथका कुल गुरु बने। कति जना श्रीमान भन्नेले कुनै असर गर्दैन, बरु कस्तो सन्तान जन्मियो त्यो ठुलो कुरा हुन्छ। एउटै आमाका सन्तानमा पनि कोहि गोर्वधन र कोहि धन्दुकारी जन्मन्छन्।

समाजमा सामान्य कुराहरुमा ध्यान नपु¥याउँदा महिलाका समस्याहरु उफ्रि माथि थुप्रि भएका छन्। अन्तिम बच्चाले आमाको सबै दुध निखारेर खाइ दिने हो र स्तन नलिमा दुध कत्ति पनि रहन्दैन र स्तन क्यान्सर हुने सम्भावना नै हुँदैन्।

पोथि जनावारहरुको चाहि स्तन तलतिर झुण्डीएको हुनाले बढि भएको दुध थोपाथोपा गरेर जमिनमा खस्छ र उनिहरुको स्तन क्यान्सर हुदैन्। थापाथलिको प्रशुति गृहमा स्वास्थ्य आमाहरुको दुध किनिन्छ र बाल बालिकाहरुलाई दुध बैकबाट खुवाइने व्यावस्था भएको छ। हाम्रो समाजमा सुत्केरी हुनसाथ ति सुत्केरीलाई बच्चा बसेको पेट ठुलो नै रहन्छ भनेर तत्काल पेटमा दहे पटुका बाधिदिने चलन छ।
तर त्यो पटुकाको कसाइले बच्चा बस्दा ठुलो बनेको पाठेघर प्रकृतिक रुपमा सुक्दै आफ्नो स्वाभाविक आकारमा फर्कन सक्दैन्। यसै कारणले गर्दा महिलाहरुमा आङ्ग खस्ने समस्या देखिन्छ। अथवा बच्चा जन्मन साथ कम्मरमा पटुका बाँध्नु हुदैन्। पोथि जनावरहरु धेरै बच्चा जन्माउँदछन र पनि उनिहरुमा आङ्ग खस्ने समस्या हुदैन्।

हामीले छोरीमाथी भएका विभेदहरु कहिलेसम्म हटाउने हो ? अब मिती नै तोक्नु पर्ने हुन्छ। विश्व आर्थिक मञ्चको स्वीजरल्याण्डको डाभोसमा भएको सन २०१९ को बैठकले अमेरिका र यूरोपमा सन २२०८ सम्म महिलाप्रतिका सबै विभेदहरु पुर्णरुपमा समाप्त हुने आकलन गरेको छ।

नेपाल र भारतमा महिला माथि गरीने कन्यादान, थर गोत्र फेर्ने, रजस्वला वार्ने, छोरा र छोरीको अलग संस्कार र स्कुलिङ्ग दिने, छोरा र छोरीमा अलग अलग आहार विहार, लालन – पालन लुवाइ खुवाइ आदी विभेदहरुलाइ समानता नगरेसम्म महिला स्वातन्त्रता र समानताका कुरा कसैलाइ कमाइ खाने भाडो मात्र बन्नेछन्।

मानव जाति भने कृतिम भन्दा प्राविधिक रुपमा सबै कुराहरुको प्रयोग गर्न थाले पछि विकृत मानसिकताको बिकास भयो। जसरी बढि मात्रामा गोल भेण्टा र गेडागुडी खाँदा शरिरमा यूरिक एसिड वढ्छ र यसले शरिरलाइ शताउन थाल्छ।

यस्तै अल्कोहलिक वा मादक पदार्थ र बोसोजन्य खानेकुराहरुले शरिरमा टेस्टोस्टेरोन हार्मोन मात्र अति नै बढाइ दिन्छ र यस हार्मोनले यौन उत्तेजना र कामुकता बढाइ दिन्छ। यसबाट विचलित भएको पुरुषमा आवेगात्मक यौन चाहाना आउछ र यौन चाहाना थाम्न नसके पछि उसले महिला देख्न साथ जवरजस्ति गर्न थाल्छ।

यसबाट बच्न टेस्टोस्टेरन हार्मोनको असर र प्रभावबाट सामाजिक हानी नहुने उपायहरुका बारेमा सोच्नु पर्छ। यो हार्मोनलाइ यौन पिडीत महिलाहरुको भाषामा अपराधिक हार्मोन पनि भनिने रहेछ। महिला सम्बन्धि गोवामा भएको सम्मेलनमा भारतिय विज्ञले नेपाल र भारतमा भएका महिला हिंसाको बारेमा कुरा उठाइन्। समाजमा अज्ञान, ज्ञान र बिज्ञान मध्ये कसको हाबी छ भन्ने कुरा सामाजिक गतिबिधिले देखाइ रहेका हुन्छन्।

उनको भनाइमा महिलाले बच्चा जन्माउने प्रकुतिक नियम भए पनि पुरुषहरुले पनि बच्चा जन्माउन सक्ने रहेछन्। महिलालाई रजस्वला गराउन मद्धत गर्ने फोलिकल स्टिमुलेटिङ्ग हार्मोन र लुटिनिजिङ्ग हार्मोन साथै इस्ट्राजिन र प्रोजिस्टेरोन हार्मोनलाइ पुरुषमा रोपण गर्ने हो भने पुरुषहरुमा जन्मजात निष्कृय रहेको पाठेघर स्वत सक्रिय हुन्छ। उसका स्तनहरु बढ्न थाल्छन्। उसलाइ रजस्वला हुन थाल्छ। उसलाई गर्भधारण गर्न इच्छा हुन थाल्छ।

यस बखतमा उसको पाठेघरमा सुइको माध्यमद्धारा रज र बिर्य पठाउने हो भने उसले गर्भधारण गर्नेछ। २८३ दिन पुगेपछि उसको गर्भबाट सर्जिकल अपरेसन गरेर बच्चालाइ जन्म दिन सकिन्छ। भबिष्यमा यो प्रबिधिको ब्याबहारीक प्रयोग हुन्छ र महिला हिंसामा पनि कमि आउने छ।

यो सेरोगेट प्रविधि भने होइन। हालको सामाजिक ब्यबस्थामा केटीले बिबाह गरेर केटाको घर जाने नियमको सट्टामा केटा चाँहि बिवाह गरेर केटीको घरमा बस्ने नियम बनाउँदा पनि दक्षिण एसियाको प्रकृतीको महिला हिंसामा कमि आउने उनको बिचार थियो। फेमिनिष्ट मुलुकहरुमा जस्तो बैवाहिक बलात्कार, कन्ट्रयाक्ट म्यारिज, लिभिङ्गटुगेदर आदीको अभ्यासले पनि महिला हिंसामा कमि ल्याउनेछ। यौन भनेको जैविक आवश्यकता हो। अथवा भोक प्यास निन्द्रा र सेक्स जैविक आबश्यक हुन जसलाइ नियन्त्रण गर्नु भन्दा उचित ब्यबस्थापन गर्नुपर्छ भन्ने उनको अनुभव रहेछ।

हाम्रा सामाजिक सम्बन्धहरु पनि मान्यता अनुसार फरक् फरक् छन्। हाम्रै नेपाली समाज भित्र पनि गोत्र भित्र बिबाह चल्ने र नचल्ने दुइ समाज छौँ। बंगलादेश र पश्चिम वंगालका मण्डी जातीमा आफ्नै बाबु र छोरीबीचमा बिवाह गर्ने चलन कायमै छ।

मुसलमान समाजमा एउटै आमाका सन्तान तर एउटाले आमाको दुध नखाएको भएमा दाजु र बहिनीमा पनि बिवाह चल्छ। भगवान ब्रहाजीले आफ्नै छोरी सरस्वतीसंग विवाह गरेका थिए। यि सबै कुराहरु जिव विज्ञान र वंशाणुका ज्ञाता गेगर मेण्डलको बंशाणुको गुण सम्बन्धि सिध्दान्तमा आधारित छन्।

दक्षिण एसियामा महिला नेतृ बन्न कि बुबाको कि श्रीमानको पृष्ठभूमि र योगदान चाँहिन्छ। नेपालकी सम्माननीय राष्ट्रपतिका श्रीमान मदन भण्डारीको दुः खद स्वर्गवास नभएको भए आज उहाँ पाहुनालार्इ चियाँ बाड्ने गृहणीमा सिमित हुनुहुन्थ्यो होला सायदै।

तर भारत उत्तर प्रदेशकी पुर्व मुख्य मन्त्री तथा बहुजन समाज पार्टीकी दलित महिला नेतृ मायावति, तामिल नाडु प्रदेशकी अखिल भारत अन्ना द्राविडा मुनेत्रा काजगम दलकी महिला नेतृ पुर्व मुख्यमन्त्री जयललिता जयराम, हाल पश्चिम बंगालकी अखिल भारत त्रिणमुल कंग्रेसकी नेतृ मुख्यमन्त्री ममता बनर्जी आदीलाइ चाँही हामीले नारी सास्ती संघर्ष र सफलताका प्रतिमुर्तिहरु मान्नै पर्ने हुन्छ। भारतवर्ष र नेपालमा कमला भासिनीले महिलाहरुका लागि ल्याउन खोजेको नारी जागरणका आख्यान र उपाख्यानको जति स्तुती गरे पनि कमै हुन्छ।

नेपाली महिलाहरुमा आत्मा जागरण, राजनैतिक जागरण, आर्थिक जागरण, सामाजिक जागरण, धार्मिक सुधारात्मक जागरणको अति आवश्यक छ। महिला जागरण महिलाका कर्तव्य र अधिकारका बारेमा हुनुपर्छ।

जागरण विनाको महिला शसक्तिकरणले कुनै काम गर्न सक्दैन्। आजको नेपालको महिला शसक्तिकरण माछा मार्न सिकाउने प्रकृयाको भन्दा पनि माछा बाड्ने खालको छ, माछा खायो सकियो। नेपालकै तरार्इ क्षेत्रमा एउटा कार्यक्रममा निकै अचम्मको कुरा देख्न पाए। ति सांसदकी छोरीको नाम चमेली (नाम परीवर्तन) थियो।

सांसदकी श्रीमति पनि हामीसंगै श्रोता गणमा बसेकी थिइन्। सभासदले भाषण शूरु गरे, यस सभामे उपस्थित चमेलीको मा को छोडकर सब्को नमस्कार। (यस सभामा पाल्नु भएका मध्ये चमेलीकी आमालाइ छाडेर सबैलाइ नमस्कार) छ।

हुन त रामले पनि श्रीमति सितालाइ तराइ कै बाल्मिकी आश्रममा लगेर त्याग गरी दिएका थिए। गौतम बुद्धले पनि बच्चाकी आमा बनाएर श्रीमतिलाइ घरमै त्यागेर हिँडेका थिए। सायद यसलाइ धार्मिक दर्शनमा महिला हिंसा मान्न सकिन्न। महिला हिंसा पुरुषहरुले मात्र गर्छन् भन्ने छैन। हाम्रो समाजमा दाजूको खुट्टा धोएको पानी भाउजुले खाइनन् भनेर सासुलार्इ पोल लगाउने नन्दहरु खोज्न टाढा जानै पर्दैन्।

दासहरुलाइ माया ग¥यो भने ऊ दासताबाट कहिल्यै मुक्त हुन सक्दैन्। उ दास बनेरै अरुको सेवा गर्नमा आफ्नो अहो भाग्य ठान्छ। र सदा दास बनीरहन भगवानसंग बरदान माग्छ। तर जव दासलाइ तिमी कति कारणले दास र उ कति कारणले मालिक बन्यो त भनेर विश्वव्यापी मानव अधिकारका कुराहरु बुझायो भने उ तुरुन्तै विद्रोह गरेर दासबाट मुक्त बन्छ।, यस्तै हामी महिलाहरुलाइ पनि तिमी यसघरकी मालिक्नी, मेरी प्राण पियारी, नारीको पुजा गरेमा देवता खुशि हुन्छन् भन्न साथ हामी अरुका लागि विवाह गर्न, यौनदासि बन्न आदी तत्काल सबै दुःख बीर्सेर स्वीकारी हाल्छौँ।

नेपाली नारीहरुलाइ तिमिलाइ सारै राम्रो जागिर दिन्छु भने पछि त लोभमा परेर बम्बइमा बेचिने हुन्। नेपालमा महिला बेचबिखनमा मेरो जिल्ला नुवाकोट अति नै प्रसिद्द छ। तर त्यहाँका खुद्रे व्यापारीहरुको लिंक कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउनु पर्छ। मैले पनि केहि वर्ष भित्रै नुवाकोटलाइ महिला बालिका विक्रि मुक्त नुवाकोट जिल्ला बनाउने योजना बनाएकि छुँ।

बालिका जन्मन साथ आमाबाट हुने विभेद, लैगिंक भु्रण हत्या, परिवारबाट हुने विभेद, समाजबाट हुने विभेद, समुदायबाट हुने विभेद ,राज्यबाट र विश्वबाट हुने विभेद, धर्मबाट हुने विभेद आदी सबै प्रकारका विभेद हटाउन स्वयम् नारीलाई गतिशिल, रचनातमक, सृजनशिल, प्रभाशाली बनाउनु पर्छ।

यसो गरीयो भने मात्र महिलाप्रति गरीने मानसी, बाचसी र कर्मसी हिंसाहरु रोक्न सकिन्छ। संयुक्त राष्ट्रसंघको वडापत्र, सिड, सिआरसी, नेपालका महिला मैत्री र बाल मैत्री कानुनहरु, नयाँ मुलुकी ऐन २०७४ लाइ पनि हाम्रो जस्तो अति अल्प विकसित देशमा महिला हिंसाको घटनाहरुले बढि नै चुनौतीहरु दिएका छन्।

विश्वभरी कतै पनि एउटा महिला हिंसा घट्नु भनेको सबै महिला मैत्री कानुनहरुलाइ खुल्ला चुनौती मान्नु पर्छ। महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं। आफैबाट शुरु गरौं, आजैबाट शुरु गरौ’ भन्ने छ। कतै यो कार्यक्रम नारामा मात्र सिमित हुन्छ कि ? अथवा १६ दिने कार्यक्रमको उपलब्धि चाहि कति भयो त ? कि रत्तउेलिमा नै सिमित भयो ?

नेपालमा नारी दिवसहरु ः अन्तराष्ट्रिय नारी दिवस मार्च ८, नेपाल महिला अधिकार दिवस जेठ १६ गते, अन्तराष्ट्रिय बालिका दिवस अक्टोवर ११ तारेख, अन्तराट्रिय महिला यौनकर्मी दिवस जुन २ तारेखमा मनाइन्छ। तर यि सबैको प्रभाव केवल तिनीहरुमा मात्र पर्छ जसले मात्र बारम्बार यो कार्यक्रम गर्छन्।

अरु सबै आम नेपाली महिलाहरु त पिजडामा नै छौँ। फरक यति हो, कोहि सुनको पिजडामा, कोहि फलामको पिजडामा र कोहि चोयाको पिजडामा थुनिरहेका छौँ। हामी नारीहरु पिजडाबाट, चिडीयाखाना, चिडीयाखानाबाट निकुञ्जहरु हुँदै छिट्टै पुग्नु पर्छ पुर्ण स्वातन्त्रताका लागि विश्वकै फोक्सो अमेजन जंगलमा।

-लेखीका विद्यार्थी संसद राष्ट्रिय महासंघकी अध्यक्ष हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma