काठमाडौं। म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ।
सैन्य शासनमा रहेको म्यान्मारको एउटा अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सूचीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। ७६ वर्षीया सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोपमा दोषी करार गरिएको हो। राजधानी न्यापितअस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाइपछि उक्त सजाय सुनाएको हो।
२०२१ को फेब्रुअरीयता सूची घरमा नै नजरबन्दमा रहँदै आएकी छिन्। सुचीले भने आफूमाथि झुटा आरोप लगाएर मुद्दा चलाइएको बताएकी छन्। गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सूचीलाई सञ्चारमाध्यमसँग पनि कुरा गर्ने अधिकार छैन।
सैनिक सरकारले सूचीमाथि थप १० वटा भ्रष्टाचारका मुद्दा लगाएको छ। यसअघि गत डिसेम्बरमा सूचीलाई कोभिड नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको थियो। अदालतको पछिल्लो निर्णयसँगै सूचीले अब ११ वर्ष जेल बस्नुपर्ने भएको छ।
प्रतिक्रिया