Developed By Kuldeep Sharma

अशोज ४, २०७९

रुसी अन्तरिक्ष यात्री भलेरी पोल्याकोभको निधन

काठमाडौं। रुसी अन्तरिक्ष यात्री भलेरी पोल्याकोभको ८० वर्षको उमेरमा निधन भएको छ।

सन् १९४२ मा मस्कोको तुला शहरमा जन्मिएका उनी अन्तरिक्षमा कीर्तिमानी समय बसेका छन्। मंगल ग्रहमा लामो यात्रा गर्दा ती यात्रीले मानसिक स्वास्थ्य कायम राख्न सक्छन् की सक्दैनन् भनी अध्ययन गरेका थिए।

उक्त अध्ययनका लागी सन् १९९४–१९९५ को बीचमा उनले ४३७ दिन मीर अन्तरिक्ष स्टेशनमा बिताएका हुन्। करिब १४ महिनाको यस अभियानका क्रममा उनका कार्यशैलीमा कुनै फरकपन देखिएको थिएन।

अन्तरिक्ष एजेन्सीले पोल्याकोभको यस अनुसन्धानले मानव शरीर अन्तरिक्षमा पनि प्रतिकूलताहरूको सामना गर्न सक्षम रहेको बताएको छ। रुसी अन्तरिक्ष एजेन्सीले पोल्याकोभको निधन भएको घोषणा गरेपनि निधन हुनुको कारण अझै पुष्टी भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma