Developed By Kuldeep Sharma

November 26, 2022

हिन्दी, मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गाेखलेकाे निधन

काठमाडौं। हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेकाे निधन भएकाे छ।

७७ वर्षीय गाेखलेकाे हिजाे शनिवार पुनेकाे दीनानाथ मंगेशकर अस्पतालमा निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ।

विक्रम गोखलेले मराठी फ्लिमकाे साथै ‘अग्निपथ’, ‘हम दिल दे चुके सनम’ र ‘भूल भूलैया’ जस्ता हिन्दी फ्लिममा पनि अभिनय गरेका छन्।

सन् २०१० मा विक्रम खाेकलेलाई मराठी फ्लिममा उनकाे अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताकाे राष्ट्रिय पुरस्कार दिइएकाे थियाे।

उनले टीभीमा ‘घर आजा परदेशी’, ‘अल्पविराम’, ‘जाना ना दिल से दूर’, ‘संजीवनी’, ‘इंद्रधनुष’ जस्ता चर्चित शाेमा काम गरेका थिए।

उनकाे मराठी फ्लिम ‘गोदावरी’ अहिले सिनेमाघरमा चलिरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma