Developed By Kuldeep Sharma

November 28, 2022

चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

काठमााडौं। चीन पछिल्लो २४ घन्टामा एकैदिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो। सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरू भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन्।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौं प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन्। उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma