काठमाडौं। बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन्। अभिनेत्री शर्लिन चोपडाको उजुरीको आधारमा अम्बोली प्रहरीले उनलाई पक्राउ गरेको हो।
राखी पक्राउ परेको खबर शर्लिनले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेकी छन्। उनले लेखेकी छन्, ‘अम्बोली प्रहरीले राखी सावन्तलाई पक्राउ गरेको छ।’
पक्राउ परेकी राखीलाई प्रहरीले केही समयपछि राखीलाई अन्धेरी अदालतमा उपस्थित गराउनेछ। राखीलाई आफ्नो आपत्तिजनक भिडियो तथा तस्बिर भाइरल गरेको आरोप अभिनेत्री शर्लिनले लगाएकी छन्। शर्लिनले गत बर्ष राखी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।
प्रतिक्रिया