Developed By Kuldeep Sharma

May 6, 2022

जापानले सैन्य शक्ति विस्तारको लागि बाहना खोज्दैछ : चिनियाँ प्रवक्ता झाओ

काठमाडौं। जापानले आफ्नो सैन्य शक्ति बढाउने बाहना खोज्न तथाकथित चीनको धम्कीको प्रयोग गरिरहेको चिनियाँ विदेश मन्त्रालयले आज(शुक्रबार) बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा जापानी पक्षले आफ्नो स्वार्थका लागि केही कूटनीतिक गतिविधिलाई चीनको पक्षमा उचालेर, क्षेत्रीय तनावलाई बढाइचढाइ गर्दै चीनको खतराको प्रचार गरेको बताए । झाओले भने, ‘जापानी पक्षले आफ्नो सैन्य शक्ति विस्तारको लागि बहाना खोज्न यस्तो कार्य गरिरहेको छ । जसले क्षेत्रीय देशहरु बीचको आपसी विश्वास र सहयोगलाई कमजोर पार्ने र यस क्षेत्रमा शान्ति र स्थिरताको लागि अनुकुल नहुने सन्देश दिएको छ।’ उनले भने, ‘चीन जापानी पक्षको यस्तो शब्द वा कार्यको कडा विरोध गर्दछ।’

बिहिबार बेलायतको भ्रमणको क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदाले पूर्वी तथा दक्षिण चीन सागरमा एकपक्षीय आर्थिक र सैन्य गतिविधिको कृयाकलाप दु्रत तर पारदर्शी किसिमको नभएको बारेमा चिन्ता व्यक्त गरेका थिए। एनले चीनको ताइवान क्षेत्रको बारेमा टिप्पणी गर्दै भोली पूर्वी एसियाको हालत युक्रेनको जस्तो हुने बताए।

जवाफमा, झाओले ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग हो र ताइवान माथिको प्रश्न पूर्ण रुपमा चीनको आन्तरिक मामिला हो, जुन युक्रेन मुद्धासँग तुलना गर्न मिल्दैन भनेर दोहोर्याए थिए। उनले ताइवानको सवालमा जापानले विशेष गरी विवेकशील हुनुपर्ने र ताइवानले चिनियाँ जनताका लागि ऐतिहासिक महत्व र जिम्मेवारी बोकेकाले अरुको आलोचना गर्ने स्थितिमा नरहेको समेत बताए । सामुद्रिक मुद्धाको विषयमा चीनले आफ्नो क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार तथा हितको रक्षा गर्ने र क्षेत्रीय शान्तिका लागि विवादित क्षेत्रको विषयमा वार्ता र परामर्शका माध्यमबाट सम्बन्धित देशसँगको मतभेदलाई उचित रुपमा व्यवस्थापन गर्न तयार रहेको झाओले बताए। यदि जापानी पक्षले पूर्वी एसियामा वास्तवमै शान्ति र स्थायित्व चाहन्छ भने, तुरुन्तै ठूला शक्तिहरुबीच टकराव भड्काउने काम बन्द गर्नुपर्ने र क्षेत्रीय देशहरुबीच आपसी विश्वास बढाउन क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्धनमा थप कार्य गर्नुपर्ने उनको भनाई छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma