काठमाडौं। श्रीलङ्कामा फेरि पनि सङ्कटकाल घोषणा गरिएको छ। आर्थिक तथा राजनीतिक रुपले सङ्कटमा परेको श्रीलङ्कामा गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सङ्कटका घोषणा गरेको हो। राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक सङ्कटविरुद्धको आन्दोलन र समस्यालाई व्यवस्थापन गर्न सङ्कटकाल लागू गर्नु परेको बताए।
राजापाक्षका अनुसार आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावतमा अवरोध गरेको सथै विभिन्न समस्या उत्पन्न भएकोले सङ्कटकाल लगाउनु परेको हो।
प्रतिक्रिया