हवाना। हवाना होटल विस्फोटको भग्नावशेषमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
क्युबाको उक्त होटलमा शनिबार भएको विस्फोट भएको थियो। हालसम्म मृत्यु हुनेको संख्या २७ पुगेको र उद्धारकार्य जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन्।
हवानाप्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिका जनाइएको छ ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यवद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिएका छन्। एएफपी
प्रतिक्रिया