Developed By Kuldeep Sharma

April 3, 2024

ताइवानमा शक्तिशाली भूकम्प गयो, सुनामीको सम्भावना

काठमाडौं। ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भुकम्पको धक्का ताइवानभरी महसुस गरिएको छ।

ताइवानमा सन् १९९९ मा ठूलो भूकम्प गएको थियो त्यसयता अहिले २५ वर्षपछि सबैभन्दा ठूलो भूकम्प गएको बताइएको छ। भूकम्पपछि ताइवान आसपासका देशमा सुनामीको खतरा रहेकाले सावधानि अपनाउन समेत सूचना जारी गरिएको छ।

आज ताइवानका अधिकारीहरुले सूचना जारी गर्दै देशभरकै विद्यालय बन्द गरेका छन्।

यस भुकम्पबाट हालसम्म मानविय क्षतिको कुनै सूचना नआएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma