Developed By Kuldeep Sharma

May 9, 2022

युक्रेनको विद्यालयमा रूसी आक्रमण, ६० जनाको मृत्यु

युक्रेनको पूर्वीशहर लुहान्स्कमा विद्यालयमा भएको बम आक्रमणमा परी ६० जनाको ज्यान गएको युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताएका छन्।

यसअघि लुहान्सका गभर्नरले उक्त विद्यालय भवनमा रहेका ९० मध्ये ३० जनाको उद्धार गरिएको जनाएका थिए। गभर्नरका अनुसार शनिबार रसियाली हवाइजहाजले बम खसालेर गएको थिए। रूसले यसबारे कुनै पनि धारणा सार्वजनिक गरिसकेको छैन।

यो क्षेत्रको धेरै जसो भूभाग पछिल्लो ८ वर्षदेखि अघोषित रुपमा रूसको नियन्त्रणमा रहेको थियो।

भवनमा भएको विस्फोटले आगो लागेको थियो। ३ घण्टासम्म लागेको आगोमा यति मानवीय क्षति भएको हो। गभर्नरका अनुसार विद्यालय भवनको तल्लो तलामा गाउँमा मानिसहरु आश्रय लिएर बसेका थिए। गर्भनरका अनुसार मृतकको संख्या अझ बढ्न सक्छ।

रूस नियन्त्रित शहर लुहान्स्कबाट ६० माइल (९७ किलोमिटर) उत्तरपश्चिममा रहेको गाउँ बिलोहोरिभकामा रहेको विद्यालयलाई करिब ९० जनाले शरणस्थानको रूपमा प्रयोग गर्दै आएका थिए, यसअघिको शरणस्थल, एउटा क्लबहाउस, पहिलेको आक्रमणमा ध्वस्त भएको थियो।

युक्रेनका अन्य केही शहरमा अझै युद्ध जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma