काठमाडौं। सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा परेर पनि बाँच्न सफल भएको बताएकी छिन् भने अन्य कैयौं घाइते भएका छन् । वार्सामेले उक्त घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूप्रति समवेदना व्यक्त गरेकी छन्।
अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ।
प्रतिक्रिया