Developed By Kuldeep Sharma

May 12, 2022

कीर्तिमानी पाँच पटक श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त

काठमाडौं। रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री बनेका छन्।

उनले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। रनिल विक्रमासिंघे कीर्तिमानी पाँच पटक श्रीलंकाको प्रधानमन्त्री बनेका हुन्।

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीमा विक्रमासिंघेलाई नियुक्त गरेका हुन्।

केहीदिन अघि महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। श्रीलंकामा लामो समयदेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ।

गोताबाया राजापाक्षे राष्ट्रपति हुँदा प्रधानमन्त्री बन्न नचाहेको भन्दै विपक्षी नेताहरूले प्रधानमन्त्री पद स्वीकार गर्न अस्वीकार गरेका थिए। विपक्षी दलहरुले लामो समयदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन्। पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेले रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन्।

यसैबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। यद्यपि उनका छोरा तथा सांसद नमल राजापाक्षेले आफ्नो र बुवाले देश छोड्ने कुनै मनसाय नभएको र कुनै पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको ट्वीट गरेका छन्।

दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक संकटमा फसेको छ।

केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका छन्। एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma