काठमाडौं। एसीसी प्रिमियर कपको आजको खेलमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ।
बलिङमा राम्रो प्रदर्शन गरेको नेपाललाई टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १ सय १५ रनको लक्ष्य दिएको हो।
ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा १७.५ ओभरमा अल आउट हुँदै हङकङले १ सय १४ रन बनाएको थियो।
नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका हुन्। ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए।
प्रतिक्रिया